Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले कार्यदलमा विवाद मिल्यो, ओली-नेपालले के गर्लान ?

एमाले कार्यदलमा विवाद मिल्यो, ओली-नेपालले के गर्लान ?

दैनिकी न्यूज

२५, आषाढ २०७८
एमाले कार्यदलमा विवाद मिल्यो, ओली-नेपालले के गर्लान ?
images

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिबकरिब सहमति जुटेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । 

‘कार्यदलको आजको बैठक निकै लामो र सघन छलफलमा बिताएका छौं । झन्डैझन्डै ७ घण्टा ब्यतित गरेका छौं । पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं,’ बैठकपछि कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने, ‘सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयहरुमा भोलि केहीबेर बस्न पर्ने भएको छ । तर अहिलेका जति पनि प्रश्न छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइ पुर्‍याएका छौं । एमाले नेता कार्यकर्ताको चिन्तलाई दूर गर्नेगरी भोलि सहमतिका साथ टुंग्याउँछौं ।’

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताए । ‘छलफल गर्दै जाँदा समय अभाव भयो । बाँकी रहेका विषय भोलि टुंग्याउँछौं । हामी सहमति गर्छौं,’ विष्टले भने ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २३:०२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology