Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले विवाद मिलाउने प्रयास असफल, नेता नेपालले अघि सारे नयाँ सर्त

एमाले विवाद मिलाउने प्रयास असफल, नेता नेपालले अघि सारे नयाँ सर्त

दैनिकी न्यूज

२३, आषाढ २०७८
एमाले विवाद मिलाउने प्रयास असफल, नेता नेपालले अघि सारे नयाँ सर्त
images

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउने बुधबारको प्रयास पनि असफल भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार वार्ता भएको थियो तर बिनानिष्कर्ष टुंगिएको छ । 

नक्सालस्थित एक होटलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । तर, वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ । ‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलका बीचमा छलफल हुन्छ,’ वार्तापछि रावलले भने । 

ओली र नेपालबीच केहीबेर वान अन वान वार्तापछि कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए । तर, वार्तामा ठोस सहमति भने जुट्न सकेन । यद्यपि नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताए ।

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - २२:११:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology