Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माधव नेपालको विश्लेषण : बाध्यात्मक अवस्थामा मात्र एमाले विभाजन !

माधव नेपालको विश्लेषण : बाध्यात्मक अवस्थामा मात्र एमाले विभाजन !

दैनिकी न्यूज

१७, आषाढ २०७८
माधव नेपालको विश्लेषण : बाध्यात्मक अवस्थामा मात्र एमाले विभाजन !
images

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सकेसम्म पार्टी एकता जोगाउने र बाध्यात्मक अवस्थामा मात्र नयाँ पार्टीको विकल्प सोच्नुपर्ने बताएका छन् । आफू निकट स्थायी कमिटी सदस्यहरुको बिहीबार भएको बैठकमा नेता नेपालले जहिले पनि आफ्नो प्राथामिकता पार्टी एकता नै रहेको बताए ।  

बुधबार बसेको एमाले संस्थापनपक्षको स्थायी कमिटी बैठकले फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गर्दै उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो । निर्णयले पार्टीभित्रका असन्तुष्ट पक्षको माग सम्बोधन भएको र एकताको आधार बनेको संस्थापन पक्षको दाबी थियो ।  

महाधिवेशन आयोजक कमिटी भंग गर्ने संस्थापन पक्षको निर्णयपछि लिनुपर्ने रणनीतिमाथि छलफल गर्न नेपालले बिहीबार आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका थिए । सोही बैठकमा नेता नेपालले अन्तिमसम्म एकताको प्रयास गर्ने र अन्तिम विकल्पमा मात्रै नयाँ पार्टीबारे सोच्ने धारणा राखेको एक सदस्यले बताए । उनका अनुसार नेपालको भनाइ थियो, ‘हाम्रो प्रयास जहिले पनि एकताका लागि हुनुपर्छ । तर, एकता यत्तिकै हुने पनि होइन । एकताका लागि अर्को पक्ष तयारै भएन भने मात्रै हामीले मात्रै भनेर त हुँदैन । त्यसपछि अरु विकल्प सोच्नुपर्छ । तर, अन्तिमसम्म हामी एकतामै लाग्छौं ।’ एकताका लागि प्रयास गरेको तर पार्टी विधान अनुसार अध्यक्ष नचलेको आरोप नेपालको छ । ‘अध्यक्ष ओलीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी एवम् जनसंगठनलाई २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी विधान अनुरुप सक्रिय तुल्याउन ६ बुँदे लिखित प्रस्तावसहित आग्रह गरेका थियौं’, बैठकपछि सञ्चारकर्मीसँग भीम रावलले भनेका थिए, ‘तर, पार्टी विधान विपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकतामा अवरोध पुर्‍याउने भएकाले १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन। वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - २२:३४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology