Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रपति प्रधानमन्त्री ओलीको कार्यकर्ता भएको काङ्ग्रेसको आरोप

राष्ट्रपति प्रधानमन्त्री ओलीको कार्यकर्ता भएको काङ्ग्रेसको आरोप

दैनिकी न्यूज

१२, आषाढ २०७८
राष्ट्रपति प्रधानमन्त्री ओलीको कार्यकर्ता भएको काङ्ग्रेसको आरोप
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सभापति देउवाले भने, ‘राष्ट्रपतिले ह भन्दा बढी प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो । सबैभन्दा दु:ख त मलाई राष्ट्रपतिसँग लागेको छ ।’ प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ । तर, संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । 

 

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २२:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology