Logo

सोमवार, श्रावण २५ गते २०८३

images

किन बन्यो काङ्ग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन ? प्रचण्डले गरे खुलासा

किन बन्यो काङ्ग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन ? प्रचण्डले गरे खुलासा

दैनिकी न्यूज

१०, आषाढ २०७८
किन बन्यो काङ्ग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन ? प्रचण्डले गरे खुलासा
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  संविधान रक्षा गर्दै समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन् ।

विपक्षी गठबन्धनको बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै उनले विपक्षी दलहरुबीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए । 

अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको उनले बताए । उनले ०४६ साल र २०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुने उनको भनाइ छ । ‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ,' प्रचण्डले भने, ' यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’  

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको प्रट्याए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनले आरोप लगाए । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २३:१५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology