Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे

दैनिकी न्यूज

२७, जेठ २०७८
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई थप विस्तार गरेका छन् ।

मन्त्रिपरिषदमा बिहीवार थप भएका मन्त्रीहरुमा सत्तारुढ नेकपा एमालेबाट ६ जना र एक जना राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक जना मन्त्री रहेका छन्।

प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गरेको हो ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अव २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन् भने १८ जना मन्त्री र तीन जना राज्यमन्त्री भएका छन् ।

यसैवीच आज गरिएको मन्त्रिपरिषद विस्तारमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (रामबहादुर थापा ‘बादल’ पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १५:४४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology