Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निषेधाज्ञाकै बिचमा केही देशमा सरकारले खुलायो नियमित उडान

निषेधाज्ञाकै बिचमा केही देशमा सरकारले खुलायो नियमित उडान

दैनिकी न्यूज

१३, जेठ २०७८
निषेधाज्ञाकै बिचमा केही देशमा सरकारले खुलायो नियमित उडान
images

काठमाडौं । सरकारले निषेधाज्ञा भएपनी केही देशमा नियमित उडान सुरु गरेको छ । चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको हो ती मन्त्रीले बताए । ‘भारतमा सातामा दुईवटा उडान भइरहेका छन्,’ ती मन्त्रीले भने, ‘चार्टर उडानको झमेलामा फस्नु पर्दैन । मान्छे ठगिदैनन् पनि । नियमित उडानलाई थप व्यवस्थित गरेर खोल्ने नीतिगत निर्णय भएको छ ।’ हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । मन्त्रिपरिषदले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ । खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ । आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय नभएको ती मन्त्रीले बताए ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २२:३५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology