Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

दैनिकी न्यूज

३, जेठ २०७८
एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन
images

काठमाडौं । नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो । वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने धारणा राखेको जानकारी दिए । वार्तापछि अध्यक्ष ओलीले एमाले विवाद हल हुने प्रतिक्रिया दिए ।

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - ०८:०६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology