Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

दैनिकी न्यूज

२७, बैशाख २०७८
प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल भएका छन् । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उनले संसदमार्फत विश्वासको मत लिन असफल भएको हो ।

बैठकमा जम्मा खसेको २ सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गरेका छन् । यस्तै विपक्षमा १ सय २४ जनाले मत हालेका छन् भने १५ जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १ सय २१ सांसद भए पनि माधव कुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरू भने आजको बैठकमा अनुपस्थित थिए ।

तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन अहिले संसदमा कायम रहेको दुई सय ७१ सदस्यको बहुमत अर्थात् एक सय ३६ मत प्राप्त गर्न आवश्यक पर्थ्या । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक दुई सय ६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।

एमालेका १ सय २१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १९:४६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology