Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

दैनिकी न्यूज

२५, बैशाख २०७८
यी हुन् आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
images

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाइड कोभिड- १९ अस्पताल बनाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘त्यो ५०० शय्याबाट सुरु हुन्छ । पछि विस्तार हुन्छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरूको कमान्ड पनि गर्छ ।’ त्यसका लागि मन्त्रिपरिषद् बैठकले काेभिड- १९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पास गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यस्तो निर्णय लिइएको हो । यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २२:४०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology