Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमाले फुट उन्मुख, ओलीले गरे एकलौटी स्थायी समिती बिस्तार

एमाले फुट उन्मुख, ओलीले गरे एकलौटी स्थायी समिती बिस्तार

दैनिकी न्यूज

१०, बैशाख २०७८
एमाले फुट उन्मुख, ओलीले गरे एकलौटी स्थायी समिती बिस्तार
images

काठमाडौं । नेकपा एमाले औपचारिक रुपमा विभाजनको अवस्थामा पुगेको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित उनका पक्षका नेताहरू बाइकट गर्दै स्थायी कमिटी गठन गरेपछि एमालेको विभाजन रोक्न नसक्ने अवस्थामा पुगेको हो । बालुवाटारमा शुक्रबार बसेको  दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको थियो । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएपनि स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् । बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - २२:१०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology