Logo

सोमवार, श्रावण २५ गते २०८३

images

झण्डै २ घण्टा ओली र नेपालबीच के भयो कुरा ?

झण्डै २ घण्टा ओली र नेपालबीच के भयो कुरा ?

दैनिकी न्यूज

८, बैशाख २०७८
झण्डै २ घण्टा ओली र नेपालबीच के भयो कुरा ?
images

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुईघन्टा एक होटलमा छलफल भएको छ । बुधबार साँझ हाेटल मेरियटमा भएको छलफलमा आ-आफ्ना अडान कायम राखेका छन् । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार माेतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । 'दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयाे,' दुगडले भने । दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् ।  

नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका छन्। तर ओलीले सबै कुरा पार्टीको बैठकमै उपस्थित भएर राख्न भनेका थिए । 

नेपाल निकट एकनेताका अनुसार प्रधानमन्त्रीले बालुवाटार मै छलफल गरौं, कुराकानी गरौं भन्नुभएको थियो तर माधव कमरेडले मान्नुभएन अनि होटेलमा छलफल राखिएको हो । नेपालले जेठ २ बाट अघि बढ्नुपर्ने अडान छोड्नुभएको छैन । यसअघि धुम्बाराही बैठकमा समेत छलफल जारी राख्ने सहमति भए पनि त्यसको कार्यान्वयन नभएकाले विश्वास गर्ने आधार नरहेको नेपाल निकट स्रोतको दाबी छ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २३:०८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology