Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गण्डकीबाट फुट्यो एमाले, नौ जिल्लाको यस्तो बन्यो कमिटी

गण्डकीबाट फुट्यो एमाले, नौ जिल्लाको यस्तो बन्यो कमिटी

दैनिकी न्यूज

१९, चैत्र २०७७
गण्डकीबाट फुट्यो एमाले, नौ जिल्लाको यस्तो बन्यो कमिटी
images

पोखरा । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशबाट छुट्टै पार्टी बनाउन सुरु गरेको छ । बिहीबार पोखराको लेकसाइडमा भएको कार्यक्रममा सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो । वरिष्ठ नेता नेपालले कमिटी घोषण गरेका हुन् । नेपालको प्रमुख आतिथ्यता र सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको प्रदेश भेलामा प्रदेशका ९ वटै जिल्लाको समानान्तर कमिटी पनि घोषणा गरियो । कास्कीमा धनराज अचार्यलाई अध्यक्ष र सचिवमा होमबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भुपराज अधिकारी रहेका छन् । म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन् भने गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् । नवलपुर र लमजुङ अध्यक्ष र सचिवले नाम सार्वजानिक गर्न मानेनन् । उनीहरुले छुट्टै घोषण कार्यक्रम आयोजना गरेर नाम सार्वजानिक गर्ने बताएका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने कमिटी गठन गर्न बाँकी छ । चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणको कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा ११ वटै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो भने, सबै जिल्लाका सचिवालय सदस्य पनि सहभागी थिए ।

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - २०:३९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology