Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रचण्डमाथी खनिए ओली, लगाए यस्ता गम्भीर आरोप

प्रचण्डमाथी खनिए ओली, लगाए यस्ता गम्भीर आरोप

दैनिकी न्यूज

१७, चैत्र २०७७
प्रचण्डमाथी खनिए ओली, लगाए यस्ता गम्भीर आरोप
images

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले प्रचण्डकै कारण देशमा समस्या परेको दाबी गरे । ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ’, प्रचण्डको नामै किटेर ओलीले थपे, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे। के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो?’ उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गरे। ‘सरकार पूर्ण रुपमा प्रेस, वाक् स्वतन्त्रतालगायत अन्य स्वतन्त्रताको पक्षमा दृढताका साथ खडा छ’, उनले भने। तर प्रेस कति मर्यादित र कति सभ्य भएको छ, दूरगामी भएर हेर्नुपर्ने उनले बताए। स्वतन्त्रताको अभ्यास मर्यादित भएर गर्नुपर्ने बताउँदै उनले सरकारले सञ्चार क्षेत्रलाई पु¥याउनुपर्ने सहयोग, गच्छेले भ्याएसम्म गर्ने आश्वासन दिए। ‘साथीहरु ढुक्क भए हुन्छ’, उनले भने। कार्यक्रममा उनी माधव कुमार नेपालमाथि पनि खनिएका थिए।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २३:१५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology