Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सभामुख सापकोटाले भने, संसदलाई जनमुखी बनाउने प्रयत्न जारी छ

सभामुख सापकोटाले भने, संसदलाई जनमुखी बनाउने प्रयत्न जारी छ

दैनिकी न्यूज

१४, चैत्र २०७७
सभामुख सापकोटाले भने, संसदलाई जनमुखी बनाउने प्रयत्न जारी छ
images

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपेको बताएका हुन् । तर पनि ठूलाठूला बहसपछि संसद्ले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षाअनुसार काम गर्ने उनले बताए । गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि उनको भनाइ थियो । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसद्ले पुनः गति लिएको सभामुख सापाकोटाले बताए । अझैपनि बहस नसकिएका उल्लेख गर्दै सभामुख सापकोटाले भने, ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौँ । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस गर्‍यौं । त्यो बसहको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । तर सफलता र प त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन् तपाई अन्तिम संश्लेषणमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ भने फेरि यसले गति नै लिएको छ । यसले सही निष्कर्षतिर नै पुर्‍याउँछ । हाम्रो बहस जारी छ ।’ संसद्‍मा जनअपेक्षाअनुसार काम नभएको स्वीकार गर्दै सभामुख सापकोटाले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसद्ले सिंगो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईंहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’ संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रस्ट पारेका छन् । अहिले केही अन्योल देखिए पनि निराश हुनपर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए । उनले भने, ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निराश हुनुपर्ने कुरा छैन । किनभने समस्याहरु आउँछन । निकै ठूलाठूला समस्या पनि आउँछन चुनौती पनि आउँछन । यो बहस, वादविवाद संवाद हुँदै फेरि अन्तिम निष्कर्षमा ठीक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन ? बहस भएको छ । एकदम बिहङ्गम बहस भएको छ । महान बहस भएको छ । भ्रमहरु फैलिएका छन भने पनि हामी धेरै चिन्तित हुनुपर्दैन । भयानक भ्रमहरुबाट महान सत्यको जन्म हुन्छ ।’

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १७:५९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology