Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्‍ने एक पुरुष ललितपुरबाट पक्राउ

बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्‍ने एक पुरुष ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

१३, चैत्र २०७७
बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्‍ने एक पुरुष ललितपुरबाट पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं. ५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् ।

ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ विशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा ३५ प ६१५७ नम्बरको मोटरसाइकल र हेलमेटसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - ०६:५५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology