Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मुख्यमन्त्री राई र पौडेलको पद जोगियो

मुख्यमन्त्री राई र पौडेलको पद जोगियो

दैनिकी न्यूज

११, चैत्र २०७७
मुख्यमन्त्री राई र पौडेलको पद जोगियो
images

काठमाडौं । प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीको पद जोगिएको छ । एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले प्रदेश १ का शेरधन राइ र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि विरुद्ध राखेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेपछी तत्कालका लागि पद जोगिएको हो । वागमती प्रदेशकी सांसद रचना खड्काका अनुसार तीन दिनअघि प्रदेश १ र वागमती प्रदेशका सांसदहरुको बैठक बसेर दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरिएको हो। प्रदेश १ का मुख्यमन्त्री राई र वागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालीन नेकपा हुँदा माओवादी र प्रचण्ड–नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए। पुस १० गते वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। सोहि क्रममा अविश्वास प्रस्ताव दर्तामा सहभागी प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका थिए। वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्। प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको हाे। उनीविरुद्ध ३३ जना सांसदले अविश्वासको प्रस्ताव पेस गरेका थिए।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - २३:१६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology