Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीसँग माधव-झलनाथ झन टाढा, शनिबारको कुनै बैठकमा सहभागी नहुने

ओलीसँग माधव-झलनाथ झन टाढा, शनिबारको कुनै बैठकमा सहभागी नहुने

दैनिकी न्यूज

६, चैत्र २०७७
ओलीसँग माधव-झलनाथ झन टाढा, शनिबारको कुनै बैठकमा सहभागी नहुने
images

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलेले बोलाएको केन्द्रिय समिती बैठक बहिष्कार गर्ने भएका छन् । भोलि शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने नेपाल पक्षले निर्णय गरेको हो। नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको आज बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको छ। ‘बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ निर्णयमा भनिएको छ, ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने।’ उनीहरुले नेकपा–एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - २०:४७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology