Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गगन थापाले सोधे- बिद्या भट्टराई कुन पार्टीको सांसद ?

गगन थापाले सोधे- बिद्या भट्टराई कुन पार्टीको सांसद ?

दैनिकी न्यूज

६, चैत्र २०७७
गगन थापाले सोधे- बिद्या भट्टराई कुन पार्टीको सांसद ?
images

कास्की । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्ने बताएका छन् । अदालतको निर्णयपछि नेकपा नामको पार्टी नरहेकोले जनप्रतिनिधि पनि नरहेको उनले बताए । पोखरामा शुक्रबारआयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाबाट निर्वचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिको पद मरिसकेको बताए । ‘कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद (विद्या भट्टराई) कुन पार्टीको ? एमाले कि माओवादीको ?,’ उनले प्रश्न गरे, ‘उहाँहरु छान्न पाउने भन्नुहुन्छ । त्यो मत नेकपाले पाएको हो । त्यो मत निर्वाचित भएको जनप्रतिनिधिले छान्न पाउनुहुन्न । यहाँको जनताले छान्न पाउनुपर्छ । नेकपाको नामबाट निर्वाचित भएर आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्न । किनकी त्यो पार्टी नै छैन । पार्टी नै नरकिसकेपछि एमाले र माओवादी फरक हुन् । जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्छ र यो ठाउँको निर्वाचनको परिणामलाई मान्दैनौं भनेर हामीले भन्नुपर्छ ।’ अदालतको निर्णयप्रति असहमति प्रकट नगरी ताली बजाउँदै गर्दा नेकपाबाट आएका तमाम निर्वाचन परिणामहरु कांग्रेसले नमान्ने उनको तर्क थियो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १५:३६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology