Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीले गरे प्रचण्डलाई फोन, के राखे प्रस्ताव ?

ओलीले गरे प्रचण्डलाई फोन, के राखे प्रस्ताव ?

दैनिकी न्यूज

२, चैत्र २०७७
ओलीले गरे प्रचण्डलाई फोन, के राखे प्रस्ताव ?
images

ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलीफोन गरेका छन् । अघिल्लो हप्ताको आइतबार पनि ओलीले प्रचण्डलाई फोन गरेर भेटको प्रस्ताव राखेका थिए । सोमबार बिहान ओलीले फेरि प्रचण्डलाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य शालिकराम जमकट्टेलले जानकारी दिए। 'प्रधानमन्त्री ओलीले भेटौ भनेर फोन गरेका रहेछन्,' उनले भने, ' प्रचण्डले अहिले भेट्न मान्नुभएन, बैठकमा छु भन्नु भएछ ।' उनका अनुसार ओलीले यसअघि पनि कल गरेका थिए । ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।' गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबिचको एकतालाई मान्यता नदिएपछि ओली सरकार अल्पमतमा पुगेको छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २३:४९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology