Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गगनले भने-ओलीबाट देश जोगाउन सबै लागौ

गगनले भने-ओलीबाट देश जोगाउन सबै लागौ

दैनिकी न्यूज

२७, फाल्गुण २०७७
गगनले भने-ओलीबाट देश जोगाउन सबै लागौ
images

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओलीबाट देशलाई बचाउन पर्ने बताएका छन् । ओली नेपाललाई कम्बोडियाजस्तो निरंकुश र एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयासमा रहेको उनले बताए । नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं प्रतिनिधिसभा उद्घाटन  गर्दै थापाले प्रधानमन्त्रीले नेपाललाई ओलीकरणको बाटोमा हिँडाएको आरोप लगाए । प्रहरी, प्रशासन, अदालत, मानवअधिकार, संवैधानिक निकाय र प्रेसलाई समेत धम्क्याएर सत्ताकब्जा गर्ने ओलीको रणनीतिले देशलाई दुर्घटनामा लैजाने खतरा भएको उनले बताए । ‘ओलीले सबै संयन्त्र कब्जा गरेर सिंगो प्रजातन्त्र निल्दैछन्’ थापाले भने, ‘कम्बोडियामा कांग्रेस थिएन, नेपालमा कांग्रेस छ, हामी त्यस्तो हुन दिँदैनौं ।’ सबै दल, प्रेस, मानवअधिकार, अदालत, संवैधानिक निकाय र प्रशासन कठपुतली बनाएर सत्ता कब्जा गर्ने नियत ध्वस्त पार्ने समेत बताए । गत निर्वाचनमा दुई पार्टी एक बनाएर नेकपामार्फत सरकार चलाउँछौं, देशमा विकास र समृद्धि ल्याउँछौं भन्ने नेकपाको वैधानिकता समाप्त भएको उनले टिप्पणी गरे । ‘जुन पार्टी बनाउने भनेर मत मागियो, त्यही दल छैन, त्यही एजेन्डा छैन भने सरकार चलाइरहने नैतिक आधार पनि छैन’, थापाले भने, ‘जनताको मत र विश्वासमाथि यत्ति धेरै धोका दिएर पनि अझै माफीसमेत माग्न नसक्ने कस्तो नेकपा हो ?’ हिजो गठजोडमा पहिलो शक्ति बन्द पनि उनीहरु नै महान्, अहिले क्षतविक्षत बनिसक्दा पनि उनै महान् भनेर जनताले मानिदिनुपर्ने बिडम्बना भइरहेको उनको भनाइ थियो । कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा जान सकिने उनले संकेत गरे । ‘कांग्रेसले नेतृत्व गर्न पाएमा केपी सरकारले पारेका भ्वाङ टाल्छ’ थापाले भने, ‘आगामी निर्वाचनमा पहिलो शक्ति बनेर देशको समृद्धिका लागि काम गरेर देखाउँछ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - २०:०८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology