Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्ड र ओलीमा काङ्ग्रेसले कसलाई देला साथ ?

प्रचण्ड र ओलीमा काङ्ग्रेसले कसलाई देला साथ ?

दैनिकी न्यूज

२०, फाल्गुण २०७७
प्रचण्ड र ओलीमा काङ्ग्रेसले कसलाई देला साथ ?
images

काठमाडौं । कांग्रेसले संसदीय दलको बैठकपछि मात्रै वर्तमान राजनीतिक विषयमा निर्णय लिने भएको छ । जसका लागि शुक्रबार दलको बैठक बोलाइएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरे पनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक-फरक मत रहँदै आएको छ । सभापति, महामन्त्रीलगायतका पदाधिकारीहरु कांग्रेस समूह निर्णायक हुने गरी परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ । पदाधिकारी बैठकको अनिर्णयसंगै कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए । कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा दाहाल-नेपाल समूहले कांग्रेसका पदाधिकारीसंग छलफल गर्ने बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २२:४८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology