Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गगनले भने, ओली देशलाई बन्धक बनाउने, निर्वाचन आयोग सहयोग गर्ने

गगनले भने, ओली देशलाई बन्धक बनाउने, निर्वाचन आयोग सहयोग गर्ने

दैनिकी न्यूज

१८, फाल्गुण २०७७
गगनले भने, ओली देशलाई बन्धक बनाउने, निर्वाचन आयोग सहयोग गर्ने
images

सर्लाही । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले ओलीले अंक गणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास गरेको बताए । उनले निर्वाचन आयोगले पनि प्रधानमन्त्रीको यो प्रयासमा मलजल गर्दै साथ दिएको आरोप लगाए । थापाले नेकपाको आधिकारिकता विवादमा निर्णय गर्न ढिला गरेर निर्वाचन आयोगले ओलीको गलत कदमलाई साथ दिइरहेको बताए । ‘अंक गणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्,’ उनले भने, ‘यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपुर्‍याउँदा उनको यो कदममा साथ दिइरहेको छ ।’ पूर्वमन्त्री रहेका थापाले सयौं सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्नु लज्जास्पद रहेको बताए । आफै असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्न नसक्ने भन्दै थापाले प्रधानमन्त्री ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिए । थापाले अहिलेको प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा नराखेको भन्दै अब उनलाई बिदा गर्नु पर्ने बेला आएको बताए । थापाले पदको मोहले नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको बताए । उनले पहिला ओलीको हरेक कदममा साथ दिएका प्रचण्ड र माधव नेपाल लोभमा पर्दा यो स्थिति आएको दाबी गरे । नेता थापाले यसअघि राष्ट्रपतिले चालेका कतिपय कदमको कांग्रेसले प्रश्न उठाउँदा प्रचण्ड र माधव नेपालले साथ दिए पनि अहिले उनीहरु राष्ट्रपतिकै कार्यशैलीबाट सशंकित भइरहेको बताए ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - २१:३०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology