Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीले जेलमा के पढे ? प्रचण्डले गरे यस्तो आशंका !

ओलीले जेलमा के पढे ? प्रचण्डले गरे यस्तो आशंका !

दैनिकी न्यूज

१५, फाल्गुण २०७७
ओलीले जेलमा के पढे ? प्रचण्डले गरे यस्तो आशंका !
images

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमानदरिताको क्षमता नभएको बताएका छन् । आफू पक्षीय शिक्षकहरूको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले ओली प्रति तीव्र असन्तुष्टि जनाए । 'पूर्व एमालेमा माओवादी नै भइयो कि क्या हो ! प्रचण्डकै कार्यकर्ता भइसकियो त सबै, एमाले त केपी हो भन्छन् । पूर्वमाओवादीतिर पनि माधव नेपालले सिध्याइदिन्छन् कि क्या हो भन्ने पारिदिएका छन्,' उनले भने, 'केपी ओलीको सिद्धान्तमा, निष्ठामा, इमानदारितामा कुनै क्षमता छैन, एक पैसाको । बेइमानी, जालझेल, छलकपट, फुटाऊ र शासन गर भन्नेमा, जेलमा चाणक्य नीति बाहेक केही पनि पढेनछन् । महाभारत र चाणक्य नीति पढ्या छ र सकुनीको भूमिका खुब मनपर्दो रहेछ उनलाई ।' महाभारतको सकुनी पात्रलाई मन पराउने भएकाले प्रधानमन्त्री ओलीले त्यस्तै जालझेल गरिरहेको प्रचण्डले आरोप लगाए । 'अनि उनी सकुनीको भूमिकामा छन् हेर्नुस्,' उनले भने । पार्टीका संगठनहरू अब एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ थियो । केपी ओलीबाट उन्मुक्ति प्राप्त भएकाले अब संगठन निर्माणमा लाग्न प्रचण्डले आह्वन गरे । राष्ट्रिय राजनीतिमा भने अझै आफूहरूको जीत भइनसकेको प्रचण्डले स्वीकार गरे । 'हामीले पूरै युद्ध जितिसकेका छैनौं । अहिले पनि चुनौती छन्, जटिता छन् । हामी फैरि पनि आन्दोलनमै छौं । अनेकखालका षडयन्त्र र जालझेल भइरहेका छन्,' उनले भने ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १७:३०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology