Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नयाँ सरकारबारे काङ्ग्रेसको धारणा- पहिला नेकपा फुटोस !

नयाँ सरकारबारे काङ्ग्रेसको धारणा- पहिला नेकपा फुटोस !

दैनिकी न्यूज

१३, फाल्गुण २०७७
नयाँ सरकारबारे काङ्ग्रेसको धारणा- पहिला नेकपा फुटोस !
images

काठमाडौं । नेपाली कांग्रेसले नेकपा विवादको किनारा नलागेसम्म सरकारमा जाने बारे निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो । बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने, 'कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुन:स्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।' उनले नेकपाका प्रचण्ड-नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको बताए । त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग-अलग पार्टी नै बन्ने निश्‍चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको बताए । उनले नेकपा विभाजनको दिशा अगाडि बढेमा छुट्टै बैठक बसेर धारणा बनाउने कान्तिपुरसित बताए । नेकपा कुन आधिकारिकता भन्ने विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ । नेकपा दाहाल-नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्‍चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् । दाहाल-नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:४७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology