Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्वोच्चको फैसलाबारे प्रधानमन्त्री ओलीको यस्तो आयो प्रतिक्रिया

सर्वोच्चको फैसलाबारे प्रधानमन्त्री ओलीको यस्तो आयो प्रतिक्रिया

दैनिकी न्यूज

१२, फाल्गुण २०७७
सर्वोच्चको फैसलाबारे प्रधानमन्त्री ओलीको यस्तो आयो प्रतिक्रिया
images

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको प्रतिक्रिया दिएका छन् । नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै यसले आफूलाई कुनै असर नगर्ने बताए । आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले प्रभाव त पारेको हो त होइन ? भन्ने प्रश्न गर्दै ओलीले भने, 'यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ?' नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले अदालतको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेको विषयमा ओलीले उक्त टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले थपे, 'मेरो विचारमा भोलि/पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्‍ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ । जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो ।' देश विकासको सन्दर्भ र आकांशमा आफ्नो दृढ रहेको भन्दै ओलीले स्वार्थबाट लपेटिएका मान्छेहरुमा सर्वोच्चका फैसला जस्ता कुराहरुले धेरै असर गर्ने बताए । तत्काल राजीनामा नदिने संकेत दिँदै ओलीले कार्यक्रममा भने, 'अहिलेको सरकार छ । सरकार रहन्छ । विकासको कुरा अगाडि बढिरहेको छ । अगाडि बढ्छ । तपाईंहरु विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्नुस् ।'

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - २३:५८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology