बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । ओली विराटनगर ओर्लिए लगत्तै प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । एयर्पोर्टमा ओली पुगेपछी विद्यार्थी, युवा संघ लागायत्ले एयर्पोर्ट मोडमा ओली विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले सभा सुरु भइसकेको छ । सो सभालाई ओलीले सम्बोधन गर्नेछन् ।