Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली काङ्ग्रेसले तय गर्‍यो महाधिवेशनको नयाँ मिति

नेपाली काङ्ग्रेसले तय गर्‍यो महाधिवेशनको नयाँ मिति

दैनिकी न्यूज

५, फाल्गुण २०७७
नेपाली काङ्ग्रेसले तय गर्‍यो महाधिवेशनको नयाँ मिति
images

ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ भदौमा गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बुधबार बसेको केन्द्रीय कार्यसमितिमा पेस गरेका हुन्  । २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको केन्द्रिय सदस्य मिनेन्द्र रिजालले बताए । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ । पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - २२:२०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology