Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधि सभा पुनर्स्थापना नभए देश झनै द्वन्द्वमा फस्छ- पौडेल

प्रतिनिधि सभा पुनर्स्थापना नभए देश झनै द्वन्द्वमा फस्छ- पौडेल

दैनिकी न्यूज

३, फाल्गुण २०७७
प्रतिनिधि सभा पुनर्स्थापना नभए देश झनै द्वन्द्वमा फस्छ- पौडेल
images

धादिङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए देश अझै राजनीतिक द्वन्द्वमा फस्ने चिन्ता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक निर्णयले देशमा झनै अस्थिरता निम्त्याएको उनको भनाइ छ । प्रतिनिधिसभा विघटनकोविरुद्ध धादिङ कांग्रेसले धादिङवेशीमा गरेको विरोधसभामा बोल्दै नेता पौडेलले सनक र लहडको भरमा ओलिले गरेको संसद् विघटनले देशमा झनै अस्थिरता र द्वन्द्व निम्त्याएको बताए । ‘चुनाव गराएर स्थायीत्व ल्याउँछु भन्नु केपी ओलीको दिवास्वप्‍न भएको र स्थायी सरकार आफैं भत्काउने, जनताको सार्वभौम संसद्लाई आफ्नो स्वार्थको लागि विघटन गर्ने अनि स्थायित्वमा नारा दिने राजनीतिक बेइमानी भएको छ,’ पौडेलले भने । ओलीको स्वेच्छाचारी प्रवृत्ति र सनकले संसद् विघटन भएपनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने आफूलाई विश्वास रहेको पौडेलले बताए । उनले भने,‘नेपालको राजनीतिक घटनाक्रममा ठूला ठूला संकटबाट देशलाई सर्वोच्च अदालतले बचाएको छ । प्रधानमन्त्री ओलीको दबाब र प्रभावमा नपरी अहिलेको संकटमा नेपाललाई बचाउने गरी सर्वोच्चका न्यायाधीशहरुले फैसला गर्नुहुनेछ ।’

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २१:५४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology