Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संग्रौलाले किन मागिन गृहमन्त्री थापाको राजिनामा ?

संग्रौलाले किन मागिन गृहमन्त्री थापाको राजिनामा ?

दैनिकी न्यूज

१, फाल्गुण २०७७
संग्रौलाले किन मागिन गृहमन्त्री थापाको राजिनामा ?
images

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने उनको मत छ ।   

आज प्रेस विज्ञप्ति जारी गर्दै संग्रौलाले भनेकी छन्, ‘भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहने छ । यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी संवन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहिकालागि निर्देशन गरियोस् । यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्व गृहमन्त्रीले राजिनामा दिनु पर्दछ ।’   

विज्ञप्तिमा लेखिएको छ, ‘देशमा राजनैतिक संकट गहिरिदै जाँदा समाजमा बलात्कार पश्चात् हत्याका घटनाक्रम बढ्दै जानुले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको छ । घटना घटेको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारप्रति गम्भिर प्रश्न उब्जिएको छ । निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आजसम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? भनी आम नागरिकले आशंका व्यक्त गरिरहेका छन् ।’ नेतृ संग्रौलाले सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने पनि बताएकी छन् । अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन उनले सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गरेकी छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १४:५८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology