Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओलीबिरुद्ध संयुक्त आन्दोलन गर्न किन हच्किए कोइराला ?

ओलीबिरुद्ध संयुक्त आन्दोलन गर्न किन हच्किए कोइराला ?

दैनिकी न्यूज

२६, माघ २०७७
ओलीबिरुद्ध संयुक्त आन्दोलन गर्न किन हच्किए कोइराला ?
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् ।  काङ्ग्रेस सभापति एवं पुर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका हुन् । नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले सुझाए । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए । कार्यक्रममा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाइ छ । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने उनले बताए । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे । कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २२:१८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology