Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रचण्ड- नेपालले बोलाए स्थायी समिती बैठक

प्रचण्ड- नेपालले बोलाए स्थायी समिती बैठक

दैनिकी न्यूज

१०, माघ २०७७
प्रचण्ड- नेपालले बोलाए स्थायी समिती बैठक
images

काठमाडौं । प्रचण्ड- नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिए । उनका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ प्रवक्ता श्रेष्ठले आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलित छ ।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:०२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology