Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीसरकार विरुद्ध काङ्ग्रेसले सबै पालिकामा प्रदर्शन गर्दै

ओलीसरकार विरुद्ध काङ्ग्रेसले सबै पालिकामा प्रदर्शन गर्दै

दैनिकी न्यूज

३, माघ २०७७
ओलीसरकार विरुद्ध काङ्ग्रेसले सबै पालिकामा प्रदर्शन गर्दै
images

काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता सो कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गर्न लागेको हो। देशभर प्रदर्शन गर्न लागेपनि कांग्रेस प्रतिनिधि सभा‌ पुन:स्थापना गर्नतर्फ लाग्ने या चुनावमा जाने भन्नेबारे दोधारमा छ। पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन्‌ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्‌ पुन:स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्‌। कांग्रेसले यसअघि तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०८:३५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology