काठमाडौं । प्रचण्ड- नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र विष्णु पौडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओली र पौडेललाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले बताए । पार्टी सदस्यताबाट हटाउनु अघि विधानअनुसार प्रक्रिया पूरा गरिने उनले बताए ।
प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो। त्यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन।