काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतले मंगलबार रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।
प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको ८ महिनापछि अधिकार क्षेत्रको विषयमा प्रश्न उठाएर अदालतमा रिट परेको थियो ।
रिटमा निर्णय नहुँदा लाखौँ विद्यार्थी मारमा परेका थिए ।