Logo

सोमवार, श्रावण २५ गते २०८३

images

किन एक्कासी फेरियो देउवाको बोली !

किन एक्कासी फेरियो देउवाको बोली !

दैनिकी न्यूज

२५, पौष २०७७
किन एक्कासी फेरियो देउवाको बोली !
images

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकाएक बोली फेरेको देखिएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै देउवाले चुनावमै केन्द्रित हुनुपर्ने धारणा राखे । उनले यो मुद्दा अदालतमा विचाराधीन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने बताए । काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।’ तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’ अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए । धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’ तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’ तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - २२:३४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology