Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओली विरुद्ध काङ्ग्रेसले निर्णायक आन्दोलन गर्दै ?

ओली विरुद्ध काङ्ग्रेसले निर्णायक आन्दोलन गर्दै ?

दैनिकी न्यूज

२५, पौष २०७७
ओली विरुद्ध काङ्ग्रेसले निर्णायक आन्दोलन गर्दै ?
images

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन्। नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन्। असंवैधानिक कदम विरुद्धको विरोधका लागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा भंग गरेको सिंहले आरोप लगाए । प्रधानमन्त्री ओलीको कदमले संविधानमाथि प्रहार भएको उनको भनाइ थियो। संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए। असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै पनि तरिकाले हुन नसक्ने पनि उनले बताए। दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ? भन्दै प्रश्नसमेत गरे।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १५:२८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology