Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै १५ हजार घूस लिने इन्स्पेक्टर परिसर तानिए

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै १५ हजार घूस लिने इन्स्पेक्टर परिसर तानिए

दैनिकी न्यूज

२०, पौष २०७७
सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै १५ हजार घूस लिने इन्स्पेक्टर परिसर तानिए
images

काठमाडौं सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका छन् । ३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका शर्मा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत थिए ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

२६ मंसिर चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको थियो भने अन्य ६ वटा सवारी साधनमा क्षति पुगेको थियो । थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत शर्माले यही घटनामा दुर्घटना गराउने बसका चालकलाई छुटाइदिने भन्दै घूस लिएका थिए ।

शर्माले लामो समयसम्म मुद्दा अड्काइदिएपछि उजुरी परेको थियो । त्यसपछि परिसर र महानगरीय प्रहरी कार्यालयले उनलाई निगरानीमा राखी अनुसन्धान गर्दा १५ हजार घूस लिएको पुष्टि भएको हो । त्यसपछि उनलाई निलम्बन गरी अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ०७:५५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology