Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भृकुटीमण्डपबाट प्रचण्डको खुलासा- केही महिना मै ओली सरकार ढल्छ !

भृकुटीमण्डपबाट प्रचण्डको खुलासा- केही महिना मै ओली सरकार ढल्छ !

दैनिकी न्यूज

१४, पौष २०७७
भृकुटीमण्डपबाट प्रचण्डको खुलासा- केही महिना मै ओली सरकार ढल्छ !
images

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरेर इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । 'उनी वैशाखउता प्रधानमन्त्री पनि हुँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तीनको पत्तासाफ हुलेवाला छ,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले श्री ३ महाराज हुने सपना नदैख्न प्रधानमन्त्री ओलीलाई चुनौती दिए। संसद् विघटनविरुद्धमा नेकपा प्रचण्ड –नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रमाथि घात गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको बताए । लोकतन्त्रमाथि घात गरे भनेर ओलीले पश्चताप नगरेसम्म जनताले उनलाई क्षमा नदिने प्रचण्डको भनाइ छ । ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर केपी ओलीले संसद विघटनको प्रस्ताव गर्नुभयो त्यो गलत छ । सदन भंग भएको छैन । हामी माननीय सदस्यहरु अहिले पनि जीवित छौं । भंग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफूलाई विघटन गराएका छन् । केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्,’ उनले भने, ‘त्यो कहिल्यै मेटिने छैन । जबसम्म केपी ओलीले पश्चताप गर्ने छैनन् । लोकतन्त्रमाथि मैले घात गरेँ । आफैं बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन् तबसम्म इतिहासले उनलाई माफी दिने छैन । नेपाली जनताले उनलाई क्षमा दिने छैनन् ।’ ओलीको प्रतिगामी कदम विरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए । उनले ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर नसोचेको बताएका हुन् । पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोसा रहेको प्रचण्डको भनाइ छ । अदालतको सम्मान गर्ने भन्दै उनले अन्तिम भरोसा भने जनतामा रहेको उल्लेख गरे । ' हामी अदालतको सम्मान गर्छौं । आसा गर्छौं । भरोसा गर्छौं । तर सबभन्दा बढी अन्तिम भरोसा नेपाली जनतामा हो ।'

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - २१:४२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology