Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

दैनिकी न्यूज

१३, पौष २०७७
आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै
images

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते संसद् विघटन गरेपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले आइतबार एक वक्तव्य जारी गरि कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका थिए ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकसाथ उभिएको छ,’’ देउवाको वक्तव्यमा भनिएको छ, ‘‘जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’’

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १०:२०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology