Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओली समूहको २०७८ मंसिर २ गते नेकपा महाधिवेशन गर्ने निर्णय

ओली समूहको २०७८ मंसिर २ गते नेकपा महाधिवेशन गर्ने निर्णय

दैनिकी न्यूज

७, पौष २०७७
ओली समूहको २०७८ मंसिर २ गते नेकपा महाधिवेशन गर्ने निर्णय
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले २०७८ साल मंसिर २ गते महाधिवेशन निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बमोजिम आगामी मंसिर २ गतेका लागि महाधिवेशनको मिति तोकेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले काठमाडौँमा महाधिवेशन गर्नेगरी मिति तोकिएको बताए।

त्यस्तै बैठकले पार्टी प्रवक्ता जिम्मामा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ।

आज बसेको बैठकमा अध्यक्ष ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १३:४५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology