Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चेक अनादर मुद्दाका फरार अनिल पोद्दार पक्राउ

चेक अनादर मुद्दाका फरार अनिल पोद्दार पक्राउ

दैनिकी न्यूज

३०, मंसिर २०७७
चेक अनादर मुद्दाका फरार अनिल पोद्दार पक्राउ
images

काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी काठमाडौं महानगरपालिका–१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर रगेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १२:४६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology