काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर २९ गते (सोमबार)
दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
राती: प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ३० गते (मंगलबार)
दिउँसो : प्रदेश नं १ लगायत देशको अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १ गते (बुधबार)
दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।