Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अख्तियारका पुर्व प्रमुख आयुक्त बस्न्यात थुनामा

अख्तियारका पुर्व प्रमुख आयुक्त बस्न्यात थुनामा

दैनिकी न्यूज

२८, मंसिर २०७७
अख्तियारका पुर्व प्रमुख आयुक्त बस्न्यात थुनामा
images

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आइतबार बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - २२:४६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology