Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रास्ट्रपति भण्डारीले प्रचण्डसँग के भनिन ?

रास्ट्रपति भण्डारीले प्रचण्डसँग के भनिन ?

दैनिकी न्यूज

२, मंसिर २०७७
रास्ट्रपति भण्डारीले प्रचण्डसँग के भनिन ?
images

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला मंगलबार साँझ अध्यक्ष प्रचण्डले शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिल्न सुझाव दिएकी छन् । कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपामा बिभाजन आउन सक्ने आकलन भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्ट्रपति भण्डारीले शनिबार भेटेका थिए । नेकपामा विवाद बढेसँग राष्ट्रपतिको सक्रियता पनि बढेको छ । यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवास बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रह गरेकी थिइन् । सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि बुधबारका लागि तय भएको सचिवालय बैठक टार्ने पक्षमा ओली छन् । केही दिन बैठक स्थगित गर्ने ओलीको प्रस्ताव लिएर महासचिव विष्णु पौडेल मंगलबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । तर, उनले बुधबार तय भएको बैठक स्थगित नहुने अडान राखेपछि महासचिव पौडेल फर्किएका थिए । प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक राखेर जाने अडानमा छन्  ।

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - २२:१७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology