काठमाडौं । एक करोड नगदसहित तीनजना मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले एक करोड नगद सहित हुण्डि करोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । व्योरो प्रमुख सहकुल थापाका अनुसार काठमाडौंको ओमबहालबाट पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा बागलुङका गणेश पौडेल छन् । उनीहरुमाथी थप अनुसन्धान भैरहेको थापाले जानकारी दिए ।