Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य गणेश केसी कांग्रेसमा प्रवेश

नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य गणेश केसी कांग्रेसमा प्रवेश

देवीदत्त पौडेल

१३, कार्तिक २०७७
नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य गणेश केसी कांग्रेसमा प्रवेश
images

ललितपुर । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ला सचिवालय सदस्य गणेश केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आज एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको निवास महाराजगंजमा केसी कांग्रेसमा प्रवेश गरेको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

केसी कांग्रेसमा प्रवेश गरेसँगै दक्षिण ललितपुरमा कांगेसको उपस्थिति दरिलो हुने महर्जनको भनाई छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदन बहादुर अमात्य, खेलकुद विभाग केन्द्रीय सचिव मीनकृष्ण महर्जन, १ क प्रदेश सभापति सुन्दरमान थिङ, आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुयाल, बागमती गाउपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

गतस्थानीय तहको चुनावमा महांकाल गाउँपालिकामा कांग्रेसको तर्फबाट पालिकाको टिकट नदिएपछि रुष्ट बन्दै केसी विद्रोही रुपमा अध्यक्षको रुपमा उठेका थिए । चुनावपछि माओवादी केन्द्रमा प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यमा मनोनित भएका थिए । पछि पूर्वा नेकपा (एमाले) र माओवादी केन्द्र बीच एकीकरण भएपछि नेकपाको जिल्ला सचिवालय सदस्यमा चयन भएका थिए । हाल केसी महांकाल गाउँपालिकाको नेकपाको इन्चार्जसमेत हुन् ।

ganesh 3.jpg

ganesh kc.jpg

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १०:५३:५९ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology