काठमाडौं । महानगरीय अपराध महाशाखाले संरक्षित वन्य जन्तु गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षिय राजेन्द्र रिजाल रहेका छन् । उनी शिक्षण पेशामा आवद्ध रहेको बताइएको छ ।
महाशाखाको विशेष टोलीले गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा बिहिबार चुच्चेपाटी पासाङ ल्यामु चोकबाट उक्त खाग बिक्रि गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार बरामद खाग र रिजाललाई पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ ।