Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नवनियुक्त तीन मन्त्रीको शपथ हुँदै

नवनियुक्त तीन मन्त्रीको शपथ हुँदै

दैनिकी न्यूज

२९, आश्विन २०७७
नवनियुक्त तीन मन्त्रीको शपथ हुँदै
images

प्रधानमन्त्री केपी शर्मा ओलीले थप गरेका तीन मन्त्रीहरुको शपथ आज (बिहीवार) हुँदैछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरेकी थिइन । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम अहिले बिहान साढे ११ बजेका लागि तय भएकाे छ । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल रहेका छन् । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगाेपाल श्रेष्ठलाई नियुक्त गरिएकाे छ । 

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - ०७:५२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology