काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार साँझ रिक्त रहेका अर्थ, सूचना तथा सञ्चार प्रविधि र शहरी विकास तीन मन्त्रालयमा ओलीले मन्त्री नियुक्त गरेका हुन् । जसमा अर्थमन्त्री विष्णु पौडेल बनेका छन् । यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुगलाई बनाएको छ । उनले समालिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको छ । यसीबीच रक्षामन्त्री इश्वर पोखरेलको मन्त्रालय खोसेर ओली आँफैले राखेका छन् । उनलाई उपप्रधानसहित प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ ।